चितवन । गौतमबुद्ध कप ट्वान्टी ट्वान्टी क्रिकेटको उपाधिका लागि आज नारायणी र राप्ती खेल्दैछन् । खेल भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
बागमतीलाई हराएर फाइनल प्रवेश गरेका दुबै टिम उपधि हात पार्ने होडमा हुनेछन् । आइतबार भएको खेलमा राप्तीले बागमतीलाई ११ रनले र शनिबार भएको पहिलो खेलमा नारायणीले बागमतीलाई हराएको थियो । हिजो भएको औपचारिक खेलमा राप्तीले नारायणीलाई १ विकेटले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया