काठमाडौं । बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न नेपाली टोली बंगलादेश जाँदैछ । नेपाल र बंगलादेशबीच सरकार–सरकार ९जिटुजी० माध्यममार्फत मल खरीदका लागि समझदारी गर्न नेपाली टोली मंगलबार बंगलादेश जान लागेको हो ।
कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीको संयोजकत्वमा चार सदस्यीय नेपाली टोली बंगलादेश जाने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । टोलीमा मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डे, कम्पनीका खरिद महाशाखा प्रमुख विष्णुप्रसाद पोखरेल र मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी रहेका छन् ।
टोलीले बंगलादेश सरकारलाई मल खरिदको प्रस्ताव बुधबार पेश गरेर सम्झौता गर्ने छ। यसअघि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर रासायनिक मल खरिद गरिएको भन्दा सस्तोमा मल नेपाल आउने अनुमान गरिएको छ।
खरिदको अन्तिम मूल्य बङ्गलादेशमा गएर सम्झौता गरेपछि मात्र थाहा हुने तर प्रतिमेट्रिक टन १४ डलरसम्म सस्तो पर्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया