पूर्वपत्नीलाई मनोज गजुरेलको चेतावनी- “अब सहन सक्दिन, कानूनी बाटो अँगाल्छु”

काठमाडौँ । कलाकार मनोज गजुरेलले पूर्वपत्नी मिना ढकालविरुद्ध कानुनी लडाईंमा जाने चेतावनी दिएका छन्।

विभिन्न अनलाइन र युट्युवहरुले आफ्नो बारेमा भ्रामक समाचारहरु लेखेको भन्दै उनले आक्रोश पोखेका हुन् । उनले छुट्टिसकेको सम्बन्धलाई तथ्यहीन तर्कहरु राखेर आफ्नो बेइजत गरेको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै धेरै सहेर बसेको तर अत्याचार नै गरेपछि आफू बोल्न बाध्य भएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सन्जालमा पक्षबाट बारम्बार हुने अनावस्यक टीका टिप्पणी गर्नुका साथै युटुबमा आफ्ना बाल बच्चाहरुको फोटोको दुरुपयोग गरेको बताएका छन् ।

झण्डै तीन वर्षअघि सम्बन्ध विच्छेद गरेका गजुरेलविरुद्ध विभिन्न माध्यमबाट अर्को पक्ष (मिना ढकाल) बाट गाली बेइज्जती भइरहेको र त्यसको असर आफ्नो परिवारसम्म परेको भन्दै गजुरेलले अब सहन नसक्ने बताएका हुन्। सम्बन्ध विच्छेदपछि दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप धेरै सहेपनि अब नसहने उनले उल्लेख गरेका छन्।

त्यस्तै उनले कतिपय सञ्चारमाध्यमले आफूलाई तनाव दिने गरी समाचार सम्प्रेशण गरेको भन्दै ‘पत्रकारिताको नियम याद गर्न, अन्यथा भोलि कानुनी झण्झट ब्यहोर्नुपर्ने अवस्था आउनसक्नेतर्फ’ सचेत गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?