“माइतीघरमा आन्दोलन गर्नेहरू उखु किसान नै होइन”- उद्योगमन्त्री

काठमाडौँ । चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान बास्तविक किसान नै नभएको आरोप लगाएका छन् ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखुकिसान नभएको बताएका हुन् । मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री भट्टले उद्योगीहरुले आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएर विचौलिया भएको बताए । विचौलियाहरुले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएको उद्योगीहरुले बताएको मन्त्री भट्टले बताए ।

उद्योगीहरुले शुरुमा किसानलाई भुक्तानी दिएर पछि मात्रै विचौलियाहरुलाई भुक्तानी गर्ने बताएको पनि पत्रकारहरुलाई सुनाए । उनले भने ‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका विचौलियाहरु पनि रहेछन भने उनीहरुबाटै थाहा पाएं । सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतघिर मण्डलामा बस्ने किसान संघर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरुले भनेको आरोप लगाएको कुरा हो । त्यो भएर तपाईहरु आफ्नो तर्फबाट अलि अन्वेषण गर्न प¥यो त्यो के हो भन्ने हामी मन्त्रालयले पनि अध्ययन गरिराखेका छौं ।’

मन्त्री भट्टले मंगलबार बिहान गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा उद्योग मन्त्रालय र कृषि मन्त्रालय बसेर छफल गरी रणनीति बनाउन लागेको पनि मन्त्री भट्टले बताए । उनले अहिले किसानहरुले इन्द्रा सुगर मिल्स, अन्नपूर्ण सुगर मिल्स र श्रीराम सुगर मिल्सको समस्या भएको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?