लिभरपुलका पूर्व प्रशिक्षक जेरार्ड हुलियरको मृत्यु

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका पूर्व प्रशिक्षक जेरार्ड हुलियरको मृत्यु भएको छ । मुटुको बिरामी रहेका हुलियरको सोमवार ७३ वर्षको उमेरमा मृत्यु भएको हो ।

लिभरपुलले सोमवार उनको मृत्यु भएको पुस्टि गरेको छ । हुलियर सन् १९९८ देखि २००४ सम्म लिभरपुलको मुख्य प्रशिक्षक रहेका थिए ।

लिभरपुललाई उनले यूईएफए कप, लिग कप र एफए कप जिताएका थिए ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?