सेञ्चुरी कमर्सियल बैंकले लाभांश वितरण गर्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

बैंकले गत आर्थिक वर्षकोे मुनाफाबाट ७.५० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

जसमध्ये चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ ।

सोमवार (आज) बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।

सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?