लुम्बिनी विकास बैंकको नयाँ शाखा ललितपुरको मगंलबजारमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ललितपुर, महानगरपालिका महापाल वडा नं १६, मगंलबजारमा आफ्नो ६९ औं शाखा कार्यालयको शुभारम्भ गरेको छ ।

बहुसंख्यक ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्‍याउने आफ्नो नीति अनुरुप मिति बैंकले सोमवार (देखि) नयाँ शाखा कार्यालयको उद्घाटन गरेको हो ।

बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने हुँदा बैंकले आफ्नो पूर्व योजना मुताविक शाखा विस्तारलाई निरन्तरता दिने क्रममा देशका सातवटै प्रदेश अन्र्तगतका २८ जिल्लाका विभिन्न स्थानमा रहेका ६९ वटा शाखाबाट बैंकिङ्ग कारोबारको सुविधा प्राप्त हुने जनाइएको छ ।

त्यस्तै बैंकको हाल कायम चुक्ता पुँजी २ अर्व ७२ करोड रहेको छ । २०७७ असोज मसान्तमा बैकको कुल जगेडा कोषमा २ अर्ब ९६ करोड रहेको छ ।

२०७७ असोज मसान्त सम्ममा बैंकको कुल कर्जा सापटी २७ अर्ब ९४ करोड पुगेको छ भने निक्षेप ३३ अर्ब ४१ करोड पुगेको बैंकले जनाएको छ ।

बैंकले सम्पूर्ण शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै ABBS, Mobile Banking, ATM, Locker लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै आफ्ना करीव २ लाख ६४ हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?