नेपालमा २ लाख ३६ हजार बढीले जिते कोरोना, कति छन् क्वारेन्टाइनमा ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ४२ जनाकोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७१६ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख ३४ हजार ४६४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४७१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?