अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’मा पंकजको इन्ट्री

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको फिल्म बच्चन पाण्डेमा प्रतिभाशाली कलाकार पंकज त्रिपाठी जोडिएका छन् ।

फिल्मका लागि कलाकारको चयन लगातार भइरहेका बेला उनी पनि छानिएका हुन् । निर्माता साजिद नाडियाडवालाको साथमा पंकजले यो फिल्मसहित तेश्रो पटक काम गर्दैछन् ।

यो भन्दा पहिला सुपर ३० र ८३ मा उनी देखिएका थिए । अक्षय र पंकज भने पहिलो पटक फिल्ममा सँगै काम गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?