गगन थापाको प्रश्न : राष्ट्रपतिको काम ओली प्रचण्डको झगडा मिलाएर बस्ने हो ?

काठमाडौं । पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले दलहरुको झगडामा राष्ट्रपतिको संलग्नता प्रति आपत्ती जनाएका छन् ।

सरकार विरुद्ध कांग्रेसले आह्वान गरेको प्रदर्शनलाई सम्बोधन गर्न कैलाली पुगेका नेता थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादमा राष्ट्रपतिको संलग्नताप्रति आक्रोश व्यक्त गरेका हुन् ।

राष्ट्रपति नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादमा प्रत्यक्ष रुपमा संलग्न रहेको आरोप लगाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले बालुवाटारको जग्गा प्रकरणमा मुछिएको व्यक्ति अर्थमन्त्रीको कुर्सीमा विराजमान भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नेता थापाले जग्गा प्रकरण मुछिएका विष्णु पौडेल अर्थमन्त्रीको कुर्सीमा विराजमान हुने र कर्मचारी दण्ड भोग्नुपर्ने भन्दै सरकारको चरित्रमाथि प्रश्न उठाएका छन् ।

सरकारका पछिल्ला गतिविधि साथै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रहरीले अभद्र व्यवहार गरेको विरोधमा कांग्रेसले आजको लागि देशभर विरोध प्रदर्शन गरिरहेको छ । कोरोना महामारीमा सरकारले काम गर्न नसकेको, भ्रष्ट्राचारमा लिप्त भएको साथै सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप कांग्रेसको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?