‘चुनावमा गरिएका प्रतिवद्धता अनुसारका आयोजनाहरु कार्यान्वयनको चरणमा लगिएको छ’

काठमाडौं । काठमाडौैं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले चुनावको बेला प्रतिवद्धता जनाएका अधिकांश विकास निर्माणका योजनालाई कार्यान्वयनको चरणमा लगिएको बताएका छन् ।

सडक निर्माण, कालोपत्रे लगायतका कार्यहरु लगभग सम्पन्न हुने अवस्थामा पुगेको मेयर शाक्यले बताए ।

काठमाडौं महानगरपालिकाको ‘२६औं महानगर दिवस’को अवसरमा बोल्दै मेयर शाक्यले महानगरको जिम्मेवारी भित्र रहेका अधिकांश सडक आयोजनाहरुको निर्माण कार्य सम्पन्न गर्ने अवस्थामा पर्‍याइएको बताएका हुन् ।

त्यस बाहेक शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा समेत उल्लेख्य काम गर्न सफल भएको बताउनु भएको छ । तर कतिपय ठूला आयोजनाहरु प्राविधिक कारणले शुरु गर्न नसकिएको पनि मेयर शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?