१३ असार २०७९, सोमवार

दशैँको टीका लगाउन हिँडेका सर्वसाधारण अलपत्र

२०७४,आश्विन,१५,आईतवार ०३:२७

0
Shares

बुटवल, १५ असोज – अविरल वर्षाका कारण खसेको पहिराले गर्दा सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पाखण्ड अवरुद्ध भएको छ ।राजमार्गको पाल्पा सिद्धबाबा मन्दिर नजिकै गए राति पहाड माथिबाट खसेको ढुङ्गा सहितको पहिराले गर्दा करिब ११ः३० बजेदेखि सडक आवागमन अवरुद्ध भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।सडक अवरुद्ध हँुदा आवतजावत गर्ने सयौँ सवारीसाधन राजमार्गको दुवैतर्फ रोकिएका छन् भने दशैँको टीका लगाउन हिँडेका सर्वसाधारण अलपत्र परेका छन् ।अवरुद्ध राजमार्ग खुलाउन बुटवल तथा पाल्पाबाट दुईतर्फ डोजरले काम गरिरहेको भए पनि पहिरो निकै ठूलो भएकाले अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । केही दिन पहिले पनि सोही नजिकै माथिबाट खसेको ढुङ्गा पहिराले एउटा ट्रक र कारलाई च्याप्दा तीन जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०३:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह

सिरहा । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो

चितवन । कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शनिबार साँझ ब्राउनसुगरसहित

ताजा समाचार