एक दिनमा ४० अण्डा, ८ घण्टा जिम : यसरी बाहुबलीका भल्लालदेव बने राणा दग्गुबाती

काठमाडौं । साउथ सुपरस्टार राणा दग्गुबाती १४ डिसेम्बरमा आफ्नो जन्म दिन मनाइरहेका छन् । उनको एक लामो फिल्म यात्रा छ ।

जहाँ उनले उत्कृष्ट फिल्ममा काम गरिसकेका छन् । उनी विभिन्न अवार्ड्सबाट समेत सम्मानित बनिसकेका छन् ।

देशकै सबैभन्दा सफल बनेको फिल्म बाहुबलीका एक सशक्त पात्रमा भल्लालदेव आज पनि सबैको मनमा ताजा छन् । प्रभाषले लीड गरेको फिल्ममा राणाको अभिनय पनि धेरै रुचाइएको थियो ।

कसरी तयार भयो भल्लालदेवको भुमिका ?

भल्लालदेव बन्नको लागि राणाले धेरै मिहेनत गरे । उनले हरेक बिहान ४ हजार क्यालोरीज लिने गर्दथे ।

उनी जसको लागि दिनमा ४० वटा अण्डा खान्थे भने ८ घण्टा जिम गर्दथे । उनी आठ टाइम खाना खान्थे ।

उनी हरेक २ घण्टामा चामलको खाना खान्थे । उनले १०० किलोसम्म आफ्नो तौल बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?