१८ चैत्र २०७९, शनिवार

कांग्रेस सांसदले गरे यस्तो राम्रो काम

२०७४,आश्विन,१५,आईतवार ०३:२४

0
Shares

गुल्मी, १५ असोज – नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले दशैँ उपहारस्वरुप सीमान्तकृत समुदायअन्तर्गतका बोटे माझी र कुमाल बालबालिका सामग्री वितरण गरेका छन् ।सांसद भण्डारीले गुल्मी दरबार गाउँपालिका–१ बलिथुममा झण्डै १५० सीमान्तकृत बोटे माझी र कुमाल बालबालिकालाई शनिबार दशैँको टीका–दक्षिणसँगै पोशाक, कापी, कलमलगायत सामग्री वितरण गरेका छन् । माझी प्राविमा अध्ययन गर्ने बोटे माझी बालबालिका र कुमाल गरी झण्डै १५० बालबालिकालाई खाजालगायत लेखपढमा सामग्री सहयोग गर्दै आएको सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष होमबहादुर माझीले जानकारी दिए ।नेता भण्डारीले भने , “मैले राज्यबाट पाएको तलबले जिल्लाका विभिन्न स्थान र क्षेत्रमा छरिएर रहेका सीमान्तकृत समुदायअन्तर्गतका बोटे माझी, कुमाल दलित विपन्न, असहाय, गरिब बालबालिकाका लागि अध्ययनमा आवश्यक पर्ने पोशाक, कपी, पेन लगायतका सामग्री सहयोग गर्दै आएको छु ।”यसैबीच सांसद भण्डारीले बलिथुका बोटे माझीका लागि घर निर्माण गरिदिने घोषणा समेत गरेका छन् । नेता भण्डारीले दशैँको उपहारस्वरुप सीमान्तकृत बोटे माझी र कुमाल बस्तीका लागि ५० घर निर्माण गरिदिने बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०३:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८