दाङमा गुडिरहेको बसमा आगलागी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा गुडिरहेको यात्रुबहाक बसमा आगलागी भएको छ। तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आज बिहान पौने ६ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

आगलागीबाट मानवीय क्षति नभए पनि बस जलेर नष्ट भएको छ । बसको ब्याट्री सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?