६ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाका माध्यमबाट राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

कुल चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि र दुई अर्बको ट्रेजरी बिल ३ सय ६४ दिनको लागि बिक्री गर्न लागिएको छ। यसअघि बैङ्कले मङ्सिर २२ गते १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?