प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्ला

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधरणका लागि प्राथमिक शेयर (आईपीओ) आजदेखि निष्काशनमा ल्याएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको हो।

जसमध्ये ३ लाख कित्ता शेयर कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ भने बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

मंसिर २९ गते सोमबारबाट बिक्री खुला गर्ने आइपीओका लागि पुस २ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ ।

न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?