आजको मौसम : पहाडी भू-भागमा वर्षाको संभावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज मौसममा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आंशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश नं १ को पहाडी भू-भागका १/२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

यस्तै आज राती  प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आंशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?