कांग्रेसको शुभेच्छुक संस्था ‘सिडिईएन’ को निर्वाचन : उम्मेद्वारको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्ट्रल फर डेमोक्रयाटिक इन्जिनियर नेपाल (सिडिईएन) को आगामी निर्वाचनको लागि उम्मेद्वारहरुको नामावली सार्वजनिक भएको छ ।

सिडिईएनले पुस ४ गते हुन लागेको आगामी कार्यकालको निर्वाचनका लागि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।

जसअनुसार अध्यक्ष पदमा ईन्जिनियर उमेश प्रसाद थानी र ईन्जिनियर ध्रुब थापाको उमेद्वारी परेको छ।

पार्टी सभापति देउवा निकट रहेका ई थानीका प्रस्तावक ई. रोसन देव र समर्थक ई. भेषराम पोख्रेल रहेका छन् । त्यस्तै पौडेल समूहबाट उम्मेद्वारी दिएका ई। थापाका प्रस्तावक ई. शंकर पन्डित रहेका छन र पाचौँ कार्यसमितिको निर्वाचनमा देउवा समूहबाट अध्यक्षमा उम्मेद्वारी दिर्इ पराजय भोगेका ई.मुकेश काफ्ले देउवा समूह छोडि ई. थापालाइ समर्थन गरेका छन।

पाचौँ कार्यसमितिका लागि भएको निर्वाचनमा ,प्रस्तावक पण्डितले समर्थक काफ्लेलाई लोडसेडिङ गराएको आरोप समेत लगाएका छन्। त्यसैले यस निर्वाचनको समिकरणलाई अस्वभाविक समिकरणको रुपमा हेरिएको छ।

यस्तै उपाध्यक्षमा सुर्य बहादुर पाण्डे, मन्दिप सुवेदी र धनेन्द्र केसीले उमेद्वारी दिएका छन्। महासचिवमा प्रेम चन्द्र राय र रोशन राज गिरीको उमेद्वारी रहेको छ। महासचिवको उम्मेद्वार ई. राय गगन थापा र प्रदिप पौडेल समूहसंग अत्यन्त निकट रहेर लामो समयदेखि काम गरिरहेका छन।

त्यस्तै उप-महासचिवमा हरि नारायण राय यादव ,सरोज धिताल ,सुमन पुडासैनी र विरेन्द्र खड्काको उमेद्वारी परेको छ।

कोषाध्यक्षमा बिनोद बहादुर पाल, श्याम दाहाल र कौशल केसी उमेद्वारी दिएका छन्।

त्यस्तै १३ सदस्य पदका लागि २९ जनाको उमेद्वारी परेको छ। नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुको लामो समयदेखि अधिवेशन नभैरहेको अवस्थामा हुन लागेको इन्जिनियरहरुको निर्वाचनले पार्टीका नेताहरू बाट चासोका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?