हिमालय मोटोराडले नेपाली बजारमा ल्यायो ‘ईलेक्ट्रिक अटो’, फूल चार्जबाट १३० किमि गुड्ने !

काठमाडौं । हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटोराड कम्पनीले नेपालमा एक पटक फूल चार्ज गरेपछि १३० किलोमिटर (कि.मि.) गुड्ने Neem-G ईलेक्ट्रिक अटो नेपाली बजारमा ल्याएको छ ।

उक्त ईलेक्ट्रिक अटोलाई केरला अटोमोवाइल्स लिमिटेडले भारतमा निर्माण गरेको हो ।

पछिल्लो समय ईलेक्ट्रिक सवारी साधनहरु भित्रिने क्रम तिव्र रुपमा बढेको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरुको तुलनामा ईलेक्ट्रिक सवारी साधनहरु केही महंगो हुने भएता पनी समग्रमा सञ्चालन खर्च धेरै नै सस्तो पर्न जान्छ । जसले गर्दा अहिले नेपालका यातायात ब्यवसायीहरु ईलेक्ट्रिक सवारी साधनमा आकर्षित हुन थालेका छन् ।

यसै क्रममा हिमालय मोटोराडले भारतको केरला राज्य सरकारको स्वामित्वमा रहेको केरला अटोमोवाईल लिमिटेडद्घारा उत्पादित Electric Auto (Neem-G) को नेपालभर आजदेखि बिक्री बितरणको शुभारम्भ गरेको छ ।

उक्त ईलेक्ट्रिक अटो रिक्साको संचालन खर्च ७५ पैसा प्रति किलोमिटर मात्र रहेको, ब्याट्रीमा ३ बर्ष वा १५०० लाईफ साईकलको वारेन्टी रहेको छ भने ३ घण्टा ५५ मिनेटमै सजिलै आफ्नै घरको प्लगमा जोडेर फूल चार्ज गर्न सकिने हिमालय मोटराडका अध्यक्ष ध्रुब थापाले जानकारी दिए ।

सोही कार्यक्रममा केरेला अटोमोवाइल्स कम्पनीका तर्फबाट आएका प्रतिनिधि फिरोज खानले सो कम्पनी र सवारी साधनहरुको बारेमा जानकारी गराउँदै उनले निकट भविष्यमा उक्त इलेक्ट्रिक अटो रिक्साको ब्याट्रीमा वर्षसम्मको वारेन्टी दिनको लागि कम्पनीले काम गरिरहेको बताए ।

उक्त कार्यक्रममा हिमालय मोटोराडका निर्देशक सौरव थापाले उक्त सवारी साधनमा ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने नेपालको बाटो सुहाउँदो, उच्चत्तम गति ५० कि.मि. प्रति घन्टा, आकर्षक बनावटका साथै डिजिटल डिस्प्ले मिटर समेत रहेको जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?