काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय केशबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
यही मङ्सिर २२ गते केशबहादुरले बालिकालाई जवरजस्ती करणी गरेको शनिवार प्रहरीमा उजूरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
“बालिकालाई जवरजस्ती करणी गरेको उजूरीका आधारमा प्रहरीले निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ”, तिमिल्सिनाले भने ।
यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया