संवैधानिक नियुक्तीबारे नेता केसीको टिप्पणी : सौदाबाजी नहोस् !

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संवैधानिक आयोगहरुमा योग्य र सक्षमलाई नियुक्ती दिनुपर्नेमा जोड दिएका छन् ।

नेता केसीले देशले चिनेको,दलीय स्वार्थ माथि उठेको, निष्पक्ष, सक्षम विषय विज्ञ तथा जनविश्वास आर्जन गरेको व्यक्तिहरुको साझा रोस्टरबाट साथै सबै स्वार्थ र संकीर्णताबाट माथि उठेर संवैधानिक संस्थाहरुमा नियुक्ती गर्न नै संवैधानिक परिषद् गठन गरिएको बताए ।

सामाजिक सञ्जालमा लेख्दै नेता केसीले भनेका छन्, “देशले चिनेको,दलीयस्वार्थ माथि उठेको, निष्पक्ष,सक्षम विषय विज्ञ तथा जनविश्वास आर्जन गरेको व्यक्तिहरुको साझा रोस्टर बाट पक्ष,प्रतिपक्ष र गुटगत भागबन्डा र संकीर्णता माथि उठेर संवैधानिक संस्थामा नियुक्तिको लागि नै संवैधानिक परिषदको व्यवस्था भएको हो।

दलीय भागबण्डा र आयोगमा नियुक्ती दिँदा व्यक्तिवादी सोच हाबी हुँदा समस्या आएकोमा जोड दिँदै नेता केसीले
खल्तीखल्तीको चिट संयोजनका लागि संवैधानिक आयोगको नियुक्ती नभएको टिप्पणी गरेका छन् ।

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच संवैधानिक नियुक्तीको विषयलाई लिएर भइरहेको विवादका कारण धेरै आयोगहरु पदाधिकारी विहीन बन्न पुगेका छन् । भएका नियुक्तीहरुमा समेत गम्भीर नभएको, मनोमानी नाताबाद कृपावाद र सौदाबाजीका कारण नै संवैधानिक संस्थाहरु नियुक्तीकर्ताहरुको, सरकारको निरीह र लाचार छाया बन्दै गएको आरोप नेता केसीको रहेको छ । जसको कारण लोकतन्त्र जीवन्त बन्न नसक्ने नेता केसीले बताए ।

खल्ती खल्तीको चिट संयोजन गर्न होइन। यसमा गम्भीर नहुदा, मनोमानी नाता,कृपा र सौदाबाजी प्रभावित नियुक्तिहरुले नै आज संवैधानिक संस्थाहरु नियुक्ति कर्ताहरुको, सरकारको निरीह र लाचार छाया बन्दै गएको छ र यसबाट लोकतन्त्र जीवन्त बन्न सक्दैन।” उनले लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?