थलाइवीको शूटिङ सकिएपछि कंगनाले लेखिन् यस्तो स्टाटस !

काठमाडौं । जयललिताको बायोपिकको शूटिङ सकिएको छ ।

यो कुराको खुलासा कंगनाले शनिवार सोसल मिडियामा गरेकी छन् । उनले यो फिल्ममा अभिनय गर्न पाउनु जीवनको सबैभन्दा ठूलो मौका भएको बताइन् ।

उनले फिल्ममा आफ्नो रोल र जय ललिताको शुरुवाती दिनको फोटो शेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘थलाइवी टीमका हरेक सदस्य, वन्डरफुल क्रुको धन्यवाद, जसको साथमा मलाई आफ्नो लाइफको यो अद्भूत मौका मिल्यो, धेरै धेरै धन्यवाद ।’

यो फिल्म तमिलनाडुकी पूर्व सीएम जे जयललिताको बायोग्राफी हो । यसमा अभिनयका लागि कंगनाले आफ्नो तौल २० किलो बढाएकी थिइन् । लकडाउनका कारण यो फिल्म ७ महिनासम्म शूटिङ हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?