फ्यानले टाइगर श्रफलाई गरिन् विवाहको लागि प्रस्ताव, अभिनेताले दिए यस्तो जवाफ

काठमाडौं । बलिउडका चर्चित अभिनेता टाइगर श्रफ सोसल मिडियामा धेरै नै एक्टिभ रहन्छन् ।

उनी फ्यानहरुलाई आफ्ना जीवनका विभिन्न अपडेट्स शेयर गर्दै आइरहेका छन् । उनका फीमेल फ्यान फलोइङ पनि धेरै नै छन् ।

हालै मात्र टाइगरलाई उनकी एक फ्यानले विवाहको प्रस्ताव राखेकी छन् ।

हालै टाइगरले आस्क मी एनिथिङ सेशन गरेका थिए,जहाँ उनलाई विभिन्न रमाइला प्रश्न सोधिएका थिए ।

यसमै उनलाई एक फ्यानले लेखेकी छन्, ‘मसँग विवाह गर, यूके आउ’ भनिएको छ ।

जसमा टाइगरले लेखेका छन्, ‘सायद अबको केहि वर्षमा म तिम्रो सहारा बन्न पाउनेछु, त्यो बेलासम्म धेरै पढ्नु छ र कमाउनु छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?