शोक वक्तव्य जारी गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ।

यसअघि पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठक प्रधानमन्त्री निवास बालुवाटार सारिएको थियो ।

आजको बैठकमा गत मङ्सिर २४ गते निधन भएका नेकपा केन्द्रीय सदस्य एवम् पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पेश गरी बैठक सकिएको हो ।

पार्टी विवाद समाधानका लागि आजका लागि बैठक बोलाइए पनि शोक वक्तव्य जारी गर्दै बैठक सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?