९ अक्टोबरदेखि लगातार ‘ट्रोल’ बनाइएको फिनल्याण्डकी प्रधानमन्त्रीको फोटो शुटमा के छ?

काठमाडौं – तपाई सामाजिक सञ्जालमा अपडेट भइरहनुहुन्छ भने तपाईहरुले समाचार शिर्षकमा दिएको यो प्रसंगबारे पक्कै पनि थाहा छ ।

प्रसंग हो – फिनल्याण्डकी प्रधानमन्त्रीको फोटोशुट ।

विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेर चर्चामा आएकी फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले गत ९ अक्टोबरमा एक म्यागेजिनका लागि गराएको फोटोशुटका कारण निकै विवाद र टिप्पणी खेप्नुपर्‍यो ।

अक्टोबर महिनाको फेशन म्यागेजिनका लागि उनले गराएको फोटोसुट अश्लिल भन्दै सामाजिक सञ्जालमा यतिधेरै टिकाटिपपणी भयो कि उनको समर्थनमा पनि प्रदर्शन चले । त्यसपछि लगातार दुई महिनासम्मै यसले वहश उठाइरह्यो ।

सामाजिक संजालमा उनको खुल्ला देखिएको ‘क्लिभेज’ विषयमा बढ्ता ‘ट्रोल’ बनाइएको थियो ।

तस्बीरमा उनले ‘कट ब्लेजर’ लगाएकी छिन् । उनको कोटले पूरै ‘क्लिभेज’ भने छोपिएको छैन ।

फेशन म्यागेजिनको कभरमा प्रकाशित यसमा उनका आलोचकहरुले प्रधानमन्त्री पदमा बसेर मरिनले अङ्ग प्रदर्शन गरेको आरोप लगाएका छन् ।

आलोचकहरुले पदको गरिमा अनुसारको तस्वीर नभएको बताएका छन् । तर उनको पोशाकमा प्रश्न उठ्नासाथ उनका समर्थकहरुले तस्वीर सुन्दर रहेको भन्दै उनको बचाउ समेत गरेका छन् ।

यतिबेला मरिनको तस्वीर सामाजिक सञ्जालमा भाइरल त बनेको त छ नै, उनको सर्मथनमा हयासट्याग समेत बनेको छ । यतिबेलासम्म उनको समर्थनमा ह्यासट्याग  #ISupportSannaMarin and #ImWithSanna लगाएर उनको ब्यापक समर्थन पनि  भइरहेको छ ।

महिलाहरुलाई उनीहरुको पोशाकको आधारमा मुल्यांकन गर्नु नहुने भन्दै सामाजिक सञ्जालमा रुसी राष्ट्रपतिसँग समेत दाँज्न वा तुलना गर्न भनिएको छ । भ्लादिमिर पुटिनको कपडा बिनाको तस्वीर बेला बेलामा आउँदा ट्रोल नहुने तर एउटी महिलालाई किन खेदो खनेको भनेर समेत प्रश्न आइरहेको छ ।

Finland's prime minister Sanna Marin is criticised for wearing blazer with a plunging neckline | Daily Mail Online

२०१९ मा ३४ बर्षको उमेरमा प्रधानमन्त्री बनेर मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् । २०१५ देखि फिनल्यानको संसदमा सोसल डेमोक्रेटिक पार्टीको सदस्य रहेकी मरिन प्रधानमन्त्री बन्नु अघि ६ महिनासम्म फिनल्याण्डको यातायात र सञ्चारमन्त्री बनेकी थिइन् ।

Finland PM Trolled for 'Modelling' in Low-cut Jacket, Netizens Call Out Sexism by Posting Similar Pics
हुर्नहोस् उनको यहि तस्वीरलाई लिएर आलोचकले हैरान बनाएका थिए । एजेनसीको सहयोगमा

फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री, को हुन् मरिन ? 

फिनल्याण्डका पूर्व प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएपछि गत मा फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री बनेकी थिईन् ।

को हुन् मरिन ? 
जन्म : सन् १९८५ नोभेम्बर १६ मा फिनल्याण्डमा
सन् २०१२ मा उनले प्रशासनिक विज्ञानमा टेम्पियर विश्वविद्यालयबाट स्नातक तहमा डिग्री
सन् २०१५ मा संसद सदस्यको रुपमा निर्वाचित
सन् २०१७ मा उनी सिटी काउन्सिलमा
सन् २०१९ मा नै सरकारमा सहभागी
पूर्व प्रधानमन्त्री प्रधानमन्त्री रिन्नेको कार्यकालमा परिवहन तथा सञ्चार मन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न ।

‘विश्वास पाउनका लागि हाम्रा सामु प्रशस्त काम छन्,’ मरिनले पत्रकारहरुसँग प्रतिक्रिया दिएको अन्तर्राष्टिय सञ्चार माध्यमले लेखेका छन् । फिनल्याण्ड त्यहि देश हो, जुन विश्वको लागि उदाहरणीय छ ।

एक अनुसन्धानका अनुसार विश्वको सबैभन्दा खुसी नागरिक त्यहाँकै हुन् । र त्यो देशमा सडकमा तोकिएको गति सीमीतता उल्लंघन गरेमा निकै महँगो जरिवाना तिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?