नेकपा स्थायी कमिटी बैठक : शोक प्रस्ताव पारित गरेर स्थगित हुँदैछ ?

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ।

यसअघि पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको बैठक प्रधानमन्त्री निवास बालुवाटार सारिएको जानकारी प्राप्त भएको थियो ।

केहिबेरअघि प्राप्त जानकारी अनुसार बैठकमा गत मंसिर २४ गते निधन भएका नेकपा केन्द्रीय सदस्य एवम् पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ।

स्रोतका अनुसार कोरोना संक्रमण भएका उपचारका क्रममा निधन भएका लामाको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगन हुँदैछ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?