रियलले चखायो एट्लेटिकोलाई सिजनको पहिलो हार !

काठमाडौं । स्पेनिस लिगको मड्रिड डर्बीमा रियल मड्रिडले जित हमत पारेको छ । शनिवार राति रियलले घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

रियलले एट्लेटिकोलाई यस सिजनको पहिलो हार चखाएको हो । शीर्ष स्थानको एट्लेटिकोलाई पराजित गर्दै रियलले शीर्ष क्लबसँगको दुरी ३ अंकमा झारेको छ ।

खेलको १५ औं मिनेटमा क्यासमिरोले हेडमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ड्यानी कार्भाजलले दोस्रो हाफ रियललाई २–० को अग्रता दिलाए ।

जितसँगै रियल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एट्लेटिको दोस्रो स्थानको रियल सोसिडाड भन्दा मात्र एक अंकले माथि छ ।

दुवै टिमले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा आफुलाई सुरक्षित गरेका छन् ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?