अभिनेत्री आर्याको मृत्युबारे पुलिसको खुलासा : हत्या थियो वा आत्महत्या ?

काठमाडौं । विद्या बालनकी बलिउड फिल्म द डर्टी पिक्चरमा देखिएकी अभिनेत्री आर्या बनर्जीको शुक्रवार निधन भयो ।

उनलाई कोलकतास्थित घरमा शुक्रवार पुलिसले उनलाई मृतावस्थामा फेला पारेको थियो । उनी आफ्नो घरमा एक्लै बस्दै आएकी थिइन् ।

उनकी कामदार जब बिहान उनको घरमा पुगिन्, तब उनको कोठा बन्द थियो, त्यसपछि उनले पुलिसलाई यसबारेमा जानकारी गराइन् ।

पुलिसले ढोको फेरेर उनको शव बाहिर निकालेको थियो ।

त्यसपछि उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको थियो । उनको मृत्यु के कारणले भयो भन्ने बारेमा पुलिसले बताएको छ ।

अटोप्सी पछि पुलिसले उनको मर्डर भएको जस्तो कुनै प्रमाण नभेटिएको बताएको छ । उनको शरीरमा धेरै मात्रामा रक्सी पाइएको छ ।

डाक्टरले उनलाई कार्डियक अट्याकका कारण मृत्यु भएको बताएको छ । उनको नाकबाट रगत भने लढ्दा आएका हुनसक्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?