चिलिमे हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन हो । कम्पनीले पुस १२ गते बस्ने साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर २९ गतेदेखि बुक क्लोज गर्दैछ ।

कम्पनीको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

यसले ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको बोनस र ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?