काठमाडौं – गत सातादेखि शुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।
पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थान परिवर्तन गरि बालुवाटारमा नै बस्न लागेको छ । यसको संकेत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागि हुनेछन् । ओलीनिकट स्रोतले लोकपथसँग बताएअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली सहभागी हुनेछन् । तर कार्यसूचीमा मतभेद कायमै रहेको अवस्थामा आज (आइतवार\0बाटै स्थायी कमिटी सदस्यलाई बोल्न दिइने भएको छ ।
स्रोतका अनुसार बैठकको एजेन्डामा नै मतभेद भएका कारण आजको बैठक पनि विवादमा नै सिमित हुने खतरा बढेको छ ।
चुलिँदै गएको चर्को विवादकैबीच गत मंसिर २४ गते भएको ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटमा सहकार्यका लागिओलीले राखेको प्रस्ताव प्रचण्डले अस्वीकार गरेपछिको यो ३ दिन दुई अध्यक्षबीच संवाद हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया