डिजेल र पेट्रोलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । निगमले प्रतिलिटर डिजेल र मटीतेलमा दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको हो ।

निगमले वृद्धि गरेको मूल्य शनिबार रातिदेखि लागू हुनेछ । इन्डियन आयल कर्पोरेसनले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा पनि मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटीतेल ९१ रुपैयाँ पुगेको निगमले जनाएको छ । कारोबारमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?