युवतीको बिषयमा विवाद भएपछि हत्या, तोरीबारीमा शव फेला

काठमाडौँ । प्रहरीले ललितपुरको चापागाउँ बस्ने उदयपुर रौतामाई गाउँपालिकाका मिलन रानामगरलाई पक्राउ गरेको छ ।

सिन्धुली फिकल गाउँपालिका-४ घर भएका ३७ वर्षीय कुमार भन्ने नारायण बहादुर श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने रानामगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

युवतीको बिषयलाई लिएर बिहीबार राति रानामगरले कुटपिट गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले रानामगरलाई नियन्त्रणमा लिई श्रेष्ठको खोजी गर्ने क्रममा गोदावरी नगरपालिका-११ बज्रबाराही गुम्बा पछाडी तोरीबारीमा शुक्रबार साँझ श्रेष्ठको शव फेला पारेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?