काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मस्जिद धार्मिक सहिष्णुता र सद्भावको नमूना भएको बताएका छन् । आज घण्टाघरस्थित पञ्च काश्मिरी तकिया निरीक्षण गर्दै उनले धर्मसंस्कृति संरक्षण र संर्वद्धन गर्ने दायित्व सरकारको भएको उल्लेख गरे।
मन्त्री भट्टराईले मस्जिदका लागि बजेट विनियोजन गरेको जानकारी दिँदै इतिहाससँग अनोन्यास्रित ५०० वर्ष पुरानो पञ्च काश्मिरी तकिया संरक्षण संवर्द्धन गर्ने काम सरकारको भएको बताए ।
मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले मुस्लिम समुदायको उत्थान र विकासका लागि सरकारले रकम विनियोजन गरेपछि मुस्लिम समुदायमा खुशियाली छाएको बताए ।
पुरातत्व विभागमा महानिर्देशक दामोदर गौतमले १५ औँ शताब्दीमा निर्माण भएको सो मस्जिद नेपालको पुरानो मस्जिद भएको उल्लेख गर्दै तत्कालीन राजा रत्न मल्लले व्यापारको सिलसिलामा भारतको काश्मिरी मुसलमान नेपाल भित्रिएको र पछि प्रताप मल्लको पालादेखि सो मस्जिद अस्तित्वमा आएको उल्लेख गरे ।
काश्मिरी मस्जिदका अध्यक्ष महमद फाजिलले कसैको पनि सहयोग हालसम्म नलिएको उल्लेख गर्दैै मल्लकालपछि सरकारले दिएको सहयोग पहिलोपटक लिएको बताए। विनियोजित रकमले स्टिलको ढोका हटाएर परम्परागत ढोका निर्माण, रङरोगन र २०६१ सालमा क्षत्बिक्षत भएको संरचना निर्माण गर्ने कार्यक्रम रहेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया