काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निस्कासन गर्ने भएको छ । जसमध्ये ३ लाख कित्ता शेयर कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।
मंसिर २९ गते सोमबारबाट बिक्री खुला गर्ने आइपीओका लागि पुस २ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ ।
न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया