प्रांगारिक मल र अर्गानिक उत्पादनको जति प्रचार भए पनि कृषि उपज विषादीको प्रयोग नगरी बजारमा आइपुग्दैनन् । स्वदेशीभन्दा बढी आयातित कृषि उपज बजारमा आइपुग्छन्, जसमा प्रयोग भएका विषादीको मात्राबारे सरकारको नीति प्रस्ट हुन नसक्दा अलमल नै थियो । अब भने सरकारले तरकारी, फलफूल र चियामा विषादीको अधिकतम मात्रा तोक्ने भएको छ ।
यसका लागि विषादी अवशेषको अधिकतम सीमा तोक्नेसम्बन्धी खाद्य पदार्थको गुणस्तर निर्धारण आदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
यो सँगै स्याउ, केरा, करेला, भन्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा विषादीको मात्रा तोक्ने बाटो खुलेको छ । फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा (म्याक्सिमम रेजिड्यु लिमिट) निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले बताए । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया