कलंकीमा भयानक दुर्घटना, एउटा ट्रकले ८ सवारी साधनलाई ठक्कर दियो

काठमाडौं । काठमाडौंको कलंकीमा एउटा ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० नम्बरको ट्रकले  कालिका पेट्रोल पम्प नजिक विभिन्न ८ वटा सवारी साधनलाई ठक्कर दिएको हो । महानगरीय प्रहरी परिसरका अनुसार ब्रेक फेल भएर दुर्घटना भएको हो । ठक्करबाट ट्याक्सी, बस र मोटरसाइकलमा क्षति पुगेको छ ।

दुर्घटनामा परी एकको घटनास्थलमै ज्यान गएको छ, भने अन्य ६ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेको पुरुषको पहिचान खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?