गृहमन्त्रीविरुद्ध गगन थापाको गर्जन- “अंग्रेजी नजान्ने नागरिक नै हैन ?”

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले भिजिट भिसामा विदेश घुम्न जानेहरुले न्यूनतम एसएलसी सरहको शैक्षिक योग्यताको प्रमाणपत्र वा अंग्रेजी बोल्न जान्नुपर्ने बाध्यात्मक व्यवस्था गर्न लागेको प्रति आपत्ति जनाएका छन् ।

गृह मन्त्रालयले अध्यागमन कार्यविधि–२०६५ मा संशोधन गर्दै  भिजिट भिसामा विदेश घुम्न जानेहरुले न्यूनतम एसएलसी सरहको शैक्षिक योग्यताको प्रमाणपत्र देखाउनुपर्ने वा अंग्रेजी बोल्न जान्नुपर्ने बाध्यात्मक व्यवस्था गर्न लागेको प्रति नेता थापाले विरोध गरेका हुन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै थापाले भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको ? भन्दै प्रश्न गरेका छन् ।  थापाले शुक्रबार ट्विट गरेका छन्, ‘भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्नलाई कारबाही नगर्ने अनि भ्रमणका लागि शैक्षिक प्रमाणपत्र र अंग्रेजी जान्नुपर्ने बनाएर नागरिकको खिसी गर्न खोजेको ? अंग्रेजी नजान्ने नागरिक नै हैन?’

थापाले सरकारको अक्षमताको भारी नागरिकमाथि बोकाइएको आरोप लगाएका छन् ।गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गर्दै थापाले भनेका छन् – ‘यो कसको र कस्तो उटपट्याङ हो ?’

भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार थप्ने गरी गृहकार्य भइरहेको छ ।

भिजिट भिसाको दुरुपयोग भएको भन्दै सरकारले कडाइ गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?