पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । खड्काको शुक्रवार विहान गरिएको परिक्षणको नतिजा पोजेटिभ आएको हो।

बिहीवार गन्ध र स्वाद हराएपछि उनले कोरोना परिक्षणका लागि स्वाब दिएका थिए । हाल उनी होम आइसोलेसनमा बसेका छन् । क्यानले शुक्रवार मात्र राष्ट्रिय टोलीका खेलाडीलाई बन्द प्रशिक्षणबाट फुकुवा गर्दै चितवन पठाएको थियो ।

चितवनमा शनिवारदेखि सुरु हुने गौतम बुद्ध कपमा अब पारसले सहभागिता जनाउने छैनन् । उनले आफू खेलमा उपस्थित हुन नपाएकोमा दु:ख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?