अर्थमन्त्री पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत एन्टिनेनबीच शिष्टाचार भेट

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ट्टी एन्टिनेनबीच शिष्टाचार भेटघाट भएको छ ।

आज अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गरेका छन् । साथै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद समेत दिएका छन् ।

त्यस्तै अर्थमन्त्री पौडेल र राजदूत एन्टिनेनबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड(१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।

उक्त भेटमा महामहिम राजदूतले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराए । महामहिम राजदूतले नेपालसंग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?