नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३२ हजार नाघ्यो, कति भयो परीक्षण ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६७४ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ । अहिलेसम्म नेपालमा १८ लाख २० हजार ६१८ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५१९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?