काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले संरक्षित वन्यजन्तु गैंडाको खागसहित ५ जनालाई पक्राउ गरेको छ ।
बिहीवार काठमाडौंको स्वयम्भूस्थित किमडोलबाट उनीहरुलाई पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा कोठामा बिक्रि वितरणका लागि खाग राखिएको भन्ने सूचनाका आधारमा महाशाखाको टोली त्यहाँ पुगेको थियो ।
पक्राउ पर्नेहरुमा काठमाडौं झोंछेका रिकेश शाक्य (४१ वर्ष), काठमाडौं झोंछेकै सुरेश शाक्य (३५ वर्ष), काठमाडौं झोंछेका अनिल श्रेष्ठ (३९ वर्ष), नुवाकोटका रामसिंह तामाङ (२६ वर्ष) र नुवाकोटकै मुना तामाङ (२२ वर्ष) रहेका छन
उनीहरुको साथबाट खाग समेत बरामद गरी राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया