सिद्धार्थ बैंकद्वारा वृद्धआश्रम पुनः निर्माणका लागि आर्थिक सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कृष्ण प्रणामी सेवा समिति नेपाललाई आर्थिक सहयोग गरेको छ ।

शुक्रवार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९, गोठाटार स्थित श्री कृष्ण प्रणामी सेवा समिति नेपाललाई सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

उक्त रकम श्री कृष्ण प्रणामी सेवा समिति नेपालले २०७२ सालमा गएको विनाशकारी भुकम्पको कारणले क्षति पुगेको र जोखिममा रहेको भवनको पुन: संरचना गर्नका लागि उपयोग गर्नेछ ।

भवनमा समितिद्वारा वृद्धआश्रम सञ्चालन गर्दै आएको र निर्माण पश्चात सो भवन समितिले असाहाय वृद्धवृद्धाहरुको आवासका लागि उपयोग गर्नेछ । समाज कल्याणको कार्य गर्दै आइरहेका उक्त संघलाई बैंकले पुर्‍याएको सो रकम सहयोगबाट आश्रय प्रदान हुने र वृद्ध नागरिक कल्याणमा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वाधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य लिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?