प्रदर्शनको तीव्र तयारीमा कांग्रेस : कुन नेताले कहाँ सम्बोधन गर्दैछन् ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मङ्सिर २९ गते देशभर गर्न लागेको सरकार विरोधी प्रदर्शनका लागि तयारी तिव्र पारेको छ ।

सरकारको पछिल्लो गतिविधि साथै पार्टीका वरिष्ठ नेतामाथि गरेको दुर्व्यवहारका कारण कांग्रेस आन्दोलनमा जाने निर्णय गरेको हो ।

सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको, कोरोना नियन्त्रणमा काम गर्न नसकेको साथै भ्रष्ट्राचारमा लिप्त भएको आरोप कांग्रेसले लगाएको छ ।

कांग्रेसले प्रदर्शनको तयारीस्वरुप देशका मुख्यमुख्य शहरहरुमा सम्बोधनका लागि नेताहरुको नामसमेत टुङ्ग्याएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई दिएको जानकारी अनुसार सभापति शेरबहादुर देउवाले मकवानपुरमा सम्बोधन गर्नेछन् । भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, सहमहामन्त्री प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलले लोकपथलाई बताए ।

त्यसैगरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन,अर्जुननरसिंह केसीले पोखरा र एनपी साउदले अछामको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै कांग्रेसका युवा नेता नेता गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुरमा सम्बोधन गर्नेछन् ।

त्यस्तै कांग्रेसले २९ गतेको प्रदर्शनका लागि विभिन्न १० नाराहरु समेत तय गरिसकेको छ ।

“तनहुँमा भएको दुर्व्यवहार-अपमान र अत्याचार, चारैतिर भ्रष्ट्रचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा-नेकपा सत्ताको जितहारमा” लगायतका नाराहरु तय गरिएको छ ।

यो पनि

कांग्रेस भन्छ- ‘२९ गतेको आन्दोलनको तयारी सकियो’, लगाउँदैछ यी १० नारा

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?