अहिले के गर्दैछन् चर्चित टिभी शो सीआईडीका दया ?

काठमाडौं । बलिउड एक्टर दयानन्द शेट्टीले शुक्रवार आफ्नो ५१ औँ जन्मदिन मनाइरहेका छन् ।

दिलजले, जोनी गद्दार, रनवे र सिंघम रिटर्न्स जस्ता फिल्ममा अभिनय गरिसकेका शेट्टीलाई मानिसले सबैभन्दा धेरै चर्चित टिभी शो सीआईडीबाट धेरै चिने । उनी सीआईडीमा इन्सपेक्टर दयाको रोलमा थिए ।

सन् १९९८ मा उनले पहिलो शो गरेका थिए भने उनले यो शो २००५ सम्म गरेका थिए । शोमा उनी ढोका तोड्नेको रुपमा चर्चा कमाएका थिए ।

उनी अब एमएक्स प्लेयरको एक क्राइम थ्रिलर वेब सिरिजमा देखिन सक्नेछन् । तर आधिकारीक घोषणा भने भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?