काठमाडौं । टाइम म्यागजिनले २०२० को लागि पर्सन अफ दि इयरको घोषणा गरेको छ ।
यस पटक अमेरिकाका प्रेसिडेन्ट इलेक्ट जो बाइडेन र भाइस प्रेसिडेन्ड इलेक्ट कमला ह्यारिसलाई म्यागजिनले आफ्नो कभर पेजमा स्थान दिएको छ ।
दुबैको फोटोको साथमा लेखेको छ चेन्जिङ अमेरिकाज स्टोरी अर्थात् अमेरिकाको बदलिँदो कहानी ।
१९२७ बाट टाइम म्यागेजिन पर्सन अफ दि इयर चुनौति आइरहेको छ । यो वर्ष पर्सन अफ दि इयरको रेसमा अमेरिकी फिजिशियन डाक्टर एन्थोनी फाउची, रेसियल जस्टिस मूभमेन्ट र राष्ट्रपति डोनाल्ड ट्रम्प पनि थिए ।
यस अगाडि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व राष्ट्रपति बराक ओबामा पनि पर्सन अफ दि इयर बनिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया