नोभेम्बरमै ह्वाइट हाउस छोड्न चाहन्थिन् मेलानिया, अब फ्लोरिडामा शिफ्ट हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले अहिलेसम्म चुनावमा पराजित भएको स्विकारेका छैनन् । तर प्रेसिडेन्ट इलेक्टलाई सत्ता सुम्पिने तयारी भइरहेको छ । तर फस्र्ट लेडी मेलानिया ट्रम्पको नजर भने अर्कै छ ।

उनी नोभेम्बरको मध्यबाटै ह्वाइट हाउस छोड्न चाहन्थिन् । उनी अब ह्वाइट हाउस छोडेर फ्लोरिडाको मार ए लीगोमा शिफ्ट हुन खोजिरहेकी छन् ।

साथै उनी एक नयाँ अफिस पनि खोल्न सक्नेछिन् । सीएनएनले मेलानियाको फ्यूचर प्लानको रिपोर्ट जारी गरेको छ ।

जसका अनुसार मेलानिया सार्वजनिक रुपमा राष्ट्रपति ट्रम्पसँग हो मा हो मिलाउँदै देखिएकी छन् तर यो बास्तविकता नभएको रिपोर्टमा बताइएको छ ।

सीएनएनसँगको कुराकानीमा उनले अब घर जाने तयारी गरेको समेत बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?