१३ माघ २०७९, शुक्रवार

विपक्षीहरुलाई प्रदर्शन नगर्न पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आग्रह

२०७७,मङ्सिर,२६,शुक्रवार १२:१४

189
Shares

पाकिस्तान/एएनआई । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरुले लाहोरमा निकाल्ने भनेको जुलुश हालका लागि रोक्न आग्रह गरेका छन् । पाकिस्तानमा कोभिड-१९ को असर अझै धेरै मात्रामा देखिएकोले देशमा ठूलो संख्यामा जुलुश निकाल्दा यसबाट कोभिडको संक्रममण बढ्ने भन्दै सो जुलुश ननिकाल्न भनेका हुन् । हो ।

पाकिस्तानमा वर्तमान सरकारका विरुद्धमा आन्दोलन गर्न विभिन्न ११ वटा विपक्षी दलहरु लागेका छन् । उनीहरुले यही डिसेम्बर १३ मा पाकिस्तानको लाहोरमा विशाल जुलुश निकाल्ने तयारी गरेका छन् ।

यसअअघि देखि नै सरकारले सो नारा जुलुश र सरकारका विरुद्धमा हुने भनिएको विरोध प्रदर्शनको कामलाई रोक्नका लागि पटक पटक आग्रह गर्दै आएको यहाँका सञ्चारमाध्यमहरुले बताएका छन् ।

तर पनि विपक्षीहरुले नमानेपछि पाकिस्तानी प्रधानमन्त्री खानले बिहीवार राजनीतिक दलहरुलाई सार्वजनिक रुपमा यो आग्रह गरेका हुन् । पाकिस्तानका अधिकारीहरुले यहाँको सरकारले हाल कोरोना भाइरसको दोस्रो वेभको कडा मात्रामा सामना गर्नु परिरहेको बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले नै हालैमात्र सरकारले यहाँका अस्पतालका कम्तीमा पनि ६४ प्रतिशत अस्पतालका बेडहरु कोरोना भाइरसका विरामीहरुलाई भनेर छुट्याइएकोमा अहिले ती सबै भरिएका र कोरोना भाइरसको दोस्रो वेभका कारण यहाँ निकै समस्या परेको बताएका छन् ।

अर्का तर्फ यहाँका विपक्षी राजनीतिक दलहरुले भने गएका केही महिनादेखि नै सरकारका विरुद्धमा आन्दोलनलाई जारी नै राखेका छन् । यसैले यहाँको सरकारले हालैका दिनहरुमा एकातर्फ कोरोनाको महामारी र अर्कातर्फ विपक्षी दलहरुका विरोध प्रदर्शन गरी दोहोरो समस्याको सामना गर्नु परिरहेको यहाँका अधिकारीहले जानकारी गराएका बताइएको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,मङ्सिर,२६,शुक्रवार १२:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पेरुको वर्तमान सङ्कटलाई सम्बोधन गर्न अर्थपूर्ण र समावेशी वार्ताका लागि आह्वान गरेका छन्

सोमालिया । सोमालियामा सेनाले विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाका

काठमाडौं । अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरुमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट

काठमाडौं । रुसविरुद्ध युक्रेनलाई प्याट्रियट मिसाइल डिफेन्स सिस्टम दिएपछि अब अमेरिकाले पनि युक्रेनमा युद्ध ट्याङ्क पठाउने घोषणा गरेको छ ।

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६