काठमाडौं । इजरायलका अन्तरिक्ष सुरक्षा कार्यक्रमका पूर्वप्रमुख हैम इशेदले व्रह्माण्डमा एलियनको अस्तित्व रहेको दाबी गरेका छन् ।
उनले एलियनको अस्तित्व रहेकोमात्र नभएर एलियनको सम्पर्क अमेरिका र इजरायलसँग रहेको दाबी समेत गरेका छन् ।
गएको शुक्रवार हिब्रु भाषाको एक इजरायली पत्रिकामा यसको बारेमा बताइएको छ । उनले पत्रिकासँगको अन्तर्वार्तामा यसको जानकारी गराएका हुन् । अङ्ग्रेजी भाषाको ‘येरुसेलम पोस्ट’मा मंगलबार उक्त अन्तरवार्ताको अनुवाद प्रकाशित भएपछि यसले ठूलो चर्चा पाएको हो ।
इशेदले यसको सम्पूर्ण जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रैम्पलाई राम्रोसँग रहेको समेत बताएका छन् । ट्रम्पले एलियनको अस्तित्वबारे खुलासाको तयारी गरिरहेका बेला एलियनहरुले नै त्यसो नगर्न दबाव दिएको इशेदले बताएका छन् ।

उनका अनुसार एलियनले अन्तरिक्ष र अन्तरिक्षयानका बारेमा जानकारी विकसित नहुन्जेलसम्म सार्वजनिक नहुने निर्णय गरेका छन् । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया