काठमाडौं । विभिन्न कारणमा विवादित बन्दै आएको सञ्चारकर्मी प्रकाश सुवेदीको रजतपटमा पछिल्लो समय नायिका स्वस्तिमा खड्का तानिएकी छिन् ।
यो कार्यक्रमको पछिल्लो श्रृङ्खलामा प्रस्तोताले नेपाली कलाकारहरु कामविहिन भएको कुरा उठाउँदै स्वस्तिमा खड्कालाई इंगित गर्दै एक अभिव्यक्ति दिएका छन् ।
प्रस्तोताले कार्यक्रममा भनेका छन्, ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार, डेट दिनै गाह्रो, अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो ।’
कार्यक्रम प्रस्तोताको यस्तो अभिव्यक्तिपछि नायिका स्वस्तिमाले श्रीमान निश्चल बस्नेतलाई बोकेको छोटो भिडियो देखाइएको छ ।
जसमा सामाजिक सञ्जाल मार्फत् स्वस्तिमाले प्रतिक्रिया दिएकी छन् ।
उनले लेखेकी छन्, ‘बरु बुडा बोकेर हिडिन्छ तर जती फोन गरेपनी तिम्रोमा इन्टरभ्यू दिन आइन्न, रजतपट
फोन नउठाएर सारै रिशाउनु भाको रैछ । सरि ल !!!’
https://www.facebook.com/swastima.khadka/posts/5561285997230638
त्यस्तै सामाजिक सञ्जालमा उनका श्रीमान फिल्म निर्माता तथा अभिनेता निश्चल बस्नेतले लेखेका छन्, ‘बरु बुडा बोकेर हिडिन्छ तर जति फोन गरेपनि तिम्रोमा इन्टरभ्यू दिन आइन्न ल
भन्छे मेरी बुडी त ।’
https://www.facebook.com/nischalbasnet/posts/10164655234845637
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया